समाचार समीक्षा: सत्तारूढ दलको पहिलो बैठक – संविधान संशोधनका लागि सर्वपक्षीय छलफल
कान्तिपुर समाचारकान्तिपुर वेबसाईट
दिनाङ्क: २५ भाद्र २०८१ (मंगलबार, सितंबर १०, २०२४)
समीक्षा:
काठमाडौँ — सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार पहिलो पटक बसेको सत्तारूढ दलहरूको बैठकले संविधान संशोधनका लागि राजनीतिक दल र सरोकारवालासँग बृहत् छलफल गर्ने निर्णय गरेको हो ।
कांग्रेस र एमालेबीच असार तेस्रो साता भएको सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समावेश छ । यसैलाई प्राथमिकतामा राखेर सत्तारूढ दलको बैठकमा छलफल भएको हो । सबै पक्षको सहमतिअनुसार संविधान संशोधन भए मात्र योभन्दा परिस्कृत हुने र सर्वस्वीकार्य हुने बैठकको निष्कर्ष छ ।
बैठकमा सहभागी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संविधानको दुर्बल र सबल पक्षलाई केलाएर सर्वस्वीकार्य हुने गरी संविधान संशोधनका लागि बृहत् छलफल गर्ने बताए । ‘प्रतिपक्षबाट आएका भ्रमहरू चिरफार गरेर संविधानलाई अझ परिस्कृत ढंगले परिमार्जन गरेर जान छलफल भएको छ,’ उनले भने ।
प्रमुख प्रतिपक्षी माओवादीले कांग्रेस र एमालेले संविधान संशोधन गरी २०४७ सालको संविधानतिर फर्काउन खोजेको आरोप लगाएको छ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संविधान संशोधनका लागि बढीभन्दा बढी दल र सरोकारवालाको सहमति चाहिने बताए । ‘योभन्दा उन्नत संविधान बनाउने उद्देश्यले संशोधनका लागि समझदारी बनेको छ,’ उनले भने ।
बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बैठक संविधान संशोधनको विषयमा बढी केन्द्रित भएको जानकारी दिइन् । ‘संविधान जारी हुँदा धेरै पक्ष असन्तुष्ट थिए । ती असन्तुष्टिलाई सम्बोधन गरी अझै राम्रो संविधान बनाउनुपर्छ भन्ने जोड रह्यो,’ उनले भनिन् ।
संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई तिहाइ आवश्यक पर्छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि कम्तीमा १८४ सांसद सं�्या आवश्यक पर्छ । कांग्रेस र एमालेको सांसद संख्या जोड्दा १६७ पुग्छ ।
राष्ट्रिय सभामा माओवादीका १७ सांसद छन् भने कांग्रेसका १६ र एमालेका १० सांसद छन् । दुई तिहाइका लागि प्रमुख दुई दललाई थप १४ सांसदको सहयोग चाहिन्छ । राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, लोसपाका १, जनमताका १ सांसद छन् ।
प्रमुख बिन्दु:
– सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी गरेका छन् ।
– संविधान संशोधनका लागि बृहत् छलफल गर्ने निर्णय लिएको छ ।
– कांग्रेस र एमालेले सांसद संख्या जोड्दा १६७ पुग्छ, राष्ट्रिय सभामा दुई तिहाइका लागि थप १४ सांसदको सहयोग चाहिन्छ ।
संस्था: कान्तिपुर समाचार
स्रोत: ekantipur.com
संग्रह:
– सत्तारूढ दलको पहिलो बैठक
– संविधान संशोधन
– राजनीतिक दलहरूको सहमति
– संविधान संशोधनका लागि बृहत् छलफल
प्रकाशन दिनाङ्क: २५ भाद्र २०८१ (मंगलबार, सितंबर १०, २०२४)
Views: 0