बडीमालिकाको विकासका लागि सरकारले लगानी गर्नुपर्छ : राष्ट्रपति
बाजुरा, कार्तिक १, २०८१ – राष्ट्रपति रामचन्द्र पौडेलले बडीमालिका क्षेत्रको विकासका लागि सरकारले उचित लगानीगर्नुपर्ने बताएका छन् । उनले बडीमालिकालाई नेपालको एक अलौकिक धरोहरकारूपमा वर्णन गर्दै यस क्षेत्रको विकासको आवश्यकतामा जोड दिए ।
बिहीबार बडीमालिका दर्शन गरेर त्यहाँ बनेको नाट्यश्वरी मन्दिरको नयाँ भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले बडीमालिका क्षेत्रको दर्शन र अवलोकनले आफूलाई स्वर्गको अनुभूति भएको बताए।
बाजुरामा बडीमालिकाजस्तो ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसावले महत्वपूर्ण सम्पदा भएर पनि विकासका हिसावले पछाडि परेको छ, राष्ट्रपतिपौडेलले भने, स्रोत र साधनका लागि अथाह सम्भावना बोकेको यो भूमिको विकासका लागि राज्यको उचित ध्यान जानु आवश्यक छ।
राष्ट्रपति पौडेलले त्रिवेणी नगरपालिका-७ मा बनेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उनले बडीमालिका क्षेत्रमा आएर प्रकृतिको अनुपम दृश्य देख्न पाउँदा आफूलाई जीवनकोसबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस भएको बताए ।
जब मैले बडीमालिकामा उभिएर चारैतिर प्रकृतिको अनुपम र मनोरम जुन छँटा देखेँ, मलाई मस्वर्गमा आएको महशुस भयो, उनले भने, मैले जीवनको सबैभन्दा ठूलो तीर्थस्थलमा आएको महशुस गरेको छु। नाट्यश्वरी देवीको मन्दिर प्राङ्गणमा उभिएरदेवीलाई सम्झेर म भन्न चाहन्छु, यहाँ रहेको प्रकृतिको छँटाबाट साँच्चैको स्वर्ग कस्तो हुन्छ भन्ने पहिलो पटक हेर्न पाएको छु।
बडीमालिका क्षेत्र धार्मिक पर्यटनको लागि प्रसिद्ध छ, जहाँ हरेक वर्ष हजारौं भक्तजनहरू देवीको दर्शन गर्न आउँछन् । यो क्षेत्रको विकासले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने र स्थानीय अर्थतन्त्रलाईमजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रपति पौडेलको भनाइले बडीमालिका क्षेत्रको विकासको लागि सरकारको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
Views: 0