बीपी राजमार्ग : धुलिखेल-नेपालथोक खण्डकहिले खुल्छ ?
नेपालथोक, सिन्धुली— दसैंको चाड आइसकेको छ, र धेरै मानिसहरू घर जान चाहन्छन्। तर, गत साताको बाढीपहिरोका कारण बीपी राजमार्गको अवस्था अस्थिर छ। धेरै मानिसहरू बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड कहिले खुल्छ भनेर चिन्तित छन्।
यतिखेर राजधानीबाट हेटौंडा निस्केरमदन भण्डारी राजमार्ग भएर दुई दिन लगाएर सवारीसाधन आवतजावत गरिरहेका छन्। बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिवास सडक १६० किलोमिटर मात्र छ। ५/६ घण्टामा ओहोरदोहोर हुने सडक एकतर्फी हुँदा पनि बढीमा ९ घण्टा लाग्ने भएकाले नेपालथोक–धुलिखेल खण्ड संचालनमा कतिखेर आउने हो भनेर यात्रुहरु कुरिरहेका छन्।
खुर्कोटबाट नेपालथोक हुँदै बालुवासम्मको ३७ किलोमिटर रधुलिखेलबाट भकुण्डेबेसीं हुँदै चौकीडाँडासम्मको करिब ३५ किलोमिटर गरी ७२ किलोमिटर संचालनमा आएको छ। ८४ किलोमिटर मध्ये १२ किलोमिटर क्षेत्रमा सडक बगाएको छ। सो खण्डलाई अस्थायीरुपमा संचालनमा ल्याउन सके सडक सुचारु हुने सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बताए।
रोशी खोला, सुनकोशीको बाढी तथा पहिरोले क्षतविक्षत भएको खुर्कोट–नेपालथोक–धुलिखेल खण्डको ८४ किलोमिटर मध्ये खुर्कोट नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर एकतर्फी सडक संचालनमा आएको छ। पहिरो गएका दर्जनौं स्थानमा एकतर्फी सडक खुलेको छ भने सुनकोशीले कटान गरेको ठाउँमाडाइभर्सन बनाइएको छ।
लगातार तीन दिनको प्रयासपछि बीपी राजमार्ग अन्तर्गत सुनकोशी–१ नेपालथोकबाट बिहीबार मध्यान्हपछि आँपघारी सडक खुलेको छ। रोशी खोलाको बाढीले नेपालथोक आँपघारी बीचको बान्द्रेओडारमा दुई सय मिटर सडक बगाएको थियो। चार वटा मेशिन प्रयोग गरेर रोशी खोला तर्काएपछि किनारबाट अस्थायी डाइभर्सन निर्माण गरी संचालनमा आएको हो।
अस्थायी सडक संचालनमा आएसँगै आँपघारी र बालुवामा सातादेखि अड्किएका २१वटा पूर्वतर्फ चल्ने सवारीसाधन नेपालथोक–खुर्कोट भएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालय खाल्टे र सुनकोशी गाउँपालिकाको एक्स्काभेटर, डोजर गरी यस क्षेत्रमा पाँच वटाले काम गरिरहेका छन्।
मंगलटार र चौकीडाँडा बीचको सडक अस्थायी रुपमा संचालनमा ल्याउन सेनालाई समेत परिचालित गरी स्थानीयलाई श्रमदानमा लगाउन सके अझ छिटो काम हुने सडक निर्माणमा जुटेका स्थानीय शान्त तामाङले बताए। बगाएको सडकमा ट्रयाक खोल्नुपर्नेहुन्छ। यो खण्ड ५० किलोमिटर भन्दा बढी छ।
सडक निर्माणमा जुटेका स्थानीयहरूले दसैंको चाड अगाडि नै सडक संचालनमा ल्याउन सकिने आशा व्यक्त गरेका छन्। तर, सडकको क्षति निकै ठूलो भएकाले यो काममा समय लाग्न सक्छ।
स्रोत: कान्तिपुर समाचार
Views: 0