नेपालको पर्यटनमन्त्रीले मातृभाषाकोप्रयोग बढाउन आह्वान गरे

काठमाडौँ – नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रदेशर स्थानीय तहले आफ्नो कामकाजको भाषाको रूपमा मातृभाषा प्रयोग गर्नुपर्ने बताएका छन् ।

आइतबार भाषा आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भाषाको प्रवर्द्धनका लागियो कदम आवश्यक रहेको बताए । उनले नेपालमा हाल १३१ वटा भाषा रहेको र यो संख्या अझै बढ्ने सम्भावना रहेको उल्लेख गरे ।

मन्त्री पाण्डेले भाषाको संरक्षण र प्रवर्द्धनका लागि ध्वनि लिपिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा सुधार र रूपान्तरण गर्ने योजना रहेको बताए ।

मन्त्री पाण्डेले सत्य र निष्ठाका साथ मन्त्रालयमा भएका बेथितिलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


>>> Read more <<<

Views: 0

发表回复

您的邮箱地址不会被公开。 必填项已用 * 标注