रास्वपा नेताहरूको चीन भ्रमण छोट्याएर स्वदेश फिर्ती: राजनीतिक घटनाक्रमको प्रभाव
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका छन् । नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको उपसभापति स्वर्णिम वाग्लेले विमानस्थलमा सञ्चारकर्मीसँग बताए ।
वाग्लेले पार्टीका सभापति व्यक्ति नभई संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरु स्वदेश फर्किएको बताए । उनले रिसका कारण पार्टी सभापति रवि लामिछानेमाथि प्रहार भइरहेको आरोप लगाए ।
भ्रमणलाई हामीले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ । ९ दिनकोहाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज ८ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ, उनले भने, घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ । र यो एक स्वरले यो अफ्ठ्यारो घडिमा पार्टीको सभापति व्यक्ति रवि लामिछानेमात्रै होइन, त्यो संस्था हो । त्यो माथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ । अप्ठ्यारो घडीमा नेपाल नै हुनुपर्छभनेर आएका हौँ ।
सांसद मनिष झाले पार्टी सभापतिले सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित र संलग्न भएर रकम नलिएको प्रतिवेदनले स्पष्ट पारिसकेको भन्दै सभापति लामिछानेमाथि लक्षित प्रहार भएको आरोप लगाए । ४१ वटा कम्पनीमा ८७ अर्ब रकम सहकारीबाट आएकोतिर ध्यान नभई त्यसमध्येको एउटा मात्रै कम्पनीमा सभापति लामिछानेलाई लक्षित गरेरमात्रै प्रहार भइरहेको उनको भनाइ थियो । झालेले रवि लामिछाने जोडिएको कम्पनीको पछाडिमात्रै अनुसन्धान केन्द्रित भएको भन्दै आपत्ति जनाए । उनले २/४ करोडको पछि लागेर ८७ अर्ब छोड्ने चलखेल हुन लागेको भन्दै आशंका व्यक्त गरे ।
सहकारीमा आफैँव्यक्तिगत रुपमा उपस्थित भएर संलग्न भएर रकम लिएको छैन भन्ने कुरा प्रतिवेदनले स्पष्ट पारिसकेको छ । कसैले पहिलो पाटोमा राजनीति नगरे हुन्छ । आफ्नो राजनीतिक भविष्य कतै जोखिममा छ कि भनेर धेरै कथाहरु नबुने पनि हुन्छ । अर्को पाटोमा हेर्दा एउटा व्यपारीले व्यापार गर्दै गर्दा ४१ वटा कम्पनीमालगानी भित्र्याएको छ । सहकारीको पैसाबाट । त्यसमध्येको एउटा कम्पनीमात्रै लक्षित गरेर प्रहार भइरहेको छ । यो चलखेल हो । यो ८७ अर्ब छोडेर २/४ करोडको पछि लाग्ने चलखेल हो, झालेले भने ।
रास्वपाका नेताहरूको चीन भ्रमण छोट्याएर स्वदेश फिर्तीले नेपालको राजनीतिक परिदृश्यमा नयाँ मोड आएको छ ।सभापति लामिछानेमाथि भइरहेको प्रहार र त्यसको रास्वपाको प्रतिक्रियाले आगामी दिनमा राजनीतिक घटनाक्रमलाई थप रोमाञ्चक बनाउने देखिन्छ ।
Views: 0